
मितेरी डेभलपमेन्ट बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैङ्कको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि बैङ्कको आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि मात्रै शेयर धनीलाई उक्त लाभांश वितरण गरिने बैङ्कले जनाएको छ।
मितेरी डेभलपमेन्ट बैङ्कले ११ प्रतिशत लाभांश बाँड्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
