सपोर्ट लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष २९ गते, शुक्रवार अपराह्न ४:३० बजे बसेको सञ्चालक समितिको १८९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ११.५७८९४७३७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
 
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने रकम रु. ९४ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७८९४७३७ प्रतिशतले हुन आउने रकम रु. ४ लाख ९६ हजार ७३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश गरी जम्मा ११.५७८९४७३७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
 
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.५७८९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x