सांग्रिला डेभलपमेन्ट बैङ्कले पाँच वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह


सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले पाँच वर्षभन्दा पुरानो तथा हालसम्म बुझिलिन बाँकी रहेको नगद लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ।

बैङ्कले सूचना जारी गर्दै विगतका साधारण सभाबाट पारित लाभांशमध्ये गत आर्थिक वर्षसम्म पाँच वर्षको अवधि पूरा भइसकेका तर सम्बन्धित शेयरधनीले बुझ्न बाँकी रहेको लाभांश लिन आग्रह गरेको हो।

बैङ्कका अनुसार सम्बन्धित शेयरधनीले आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँको लाजिम्पाटस्थित बैङ्कको शेयर रजिस्ट्रार एनआईएमबी एस क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ।

तोकिएको लाभांश दाबी नगरेमा प्रचलित कानुनी व्यवस्था बमोजिम लिन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x