आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर आज देखि बिक्रीमा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर माघ १० गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ। लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको १ लाख ७० हजार ३७५ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.३८० तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्न इच्छुक योग्य जो कोही व्यक्ति तथा संस्थाहरूले माघ २४ गते सम्ममा बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
 
बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरी आवेदन गर्नुपर्ने कम्पनीले बताएको छ भने कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x