नेप्सेमा आरएमडीसी लघुवित्तको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ २१ गते आइतबारका दिन आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x