महिला लघुवित्तको ८४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्रीमा


महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ८४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। उक्त प्रक्रिया नेपाल राष्ट्र बैङ्क को निर्देशनअनुसार औपचारिक रूपमा सुरु गरिएको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार हालका संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिइएको छ। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय साँगा, काभ्रेपलान्चोक वा शेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड, कमलादी, काठमाडौँमा आवेदन दिन सक्नेछन्।

यस बिक्रीका लागि प्रति शेयर न्यूनतम मूल्य ७१५ रुपैयाँ निर्धारण गरिएको छ। सो मूल्य वा सोभन्दा बढी प्रस्ताव उल्लेख गर्दै आवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ भने अन्तिम कारोबार बजार मूल्यका आधारमा हुने जनाइएको छ।

निर्धारित अवधिभित्र संस्थापक समूहबाट पर्याप्त आवेदन नपरेमा भने प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x