५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै ग्लोबल आइएमई बैङ्क

 
ग्लोबल आइएमई बैङ्कका संस्थापक शेयरधनीले ५ लाख कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ०४ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैङ्कले प्रतिकित्ता शेयरको मूल्य रु. १३५ हुने बताएको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०४ वैशाखबाट ग्लोबल आइएमई बैङ्कको रजिस्टर्ड कार्यालय कमलादी काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x