१९ हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्दै कालिका लघुवित्त



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका चार जना संस्थापक शेयरधनीहरुले १९ हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेका हुन् ।

यसअघि नै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा ०४ ज्येष्ठदेखि १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो लघुवित्तले जानकारी दिएको छ ।

सो संस्थापक शेयर खरिदको लागि ०४ ज्येष्ठबाट १५ दिन भित्र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, पोखरा, कास्कीमा आइपुग्ने गरी लिखित निवेदन पेस गर्न सक्ने सो लघुवित्तले जनकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x