स्वाभिमान लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ ११ गते, बुधवार साँझ ४:३० बजे बसेको सञ्चालक समितिको ७३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई २१.०५२६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम रु. २ करोड ४३ लाख ५६ हजार ४३० रुपैयाँ बराबरको बोनस शेयर र १.०५२६ प्रतिशतले हुन आउने रकम रु. १२ लाख ८१ हजार ९१७ रुपैयाँ ३७ पैसा बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको ३२.३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.७ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x