ग्लोबल आइएमई बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंक लिमिटेडले यही मङ्सिर २३ गते १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा मङ्सिर ६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ काे मुनाफा समेतबाट १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर गरी जम्मा १०.६ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयाेजनका लागि मूल्याङ्कन कर्ताबाट चल/अचल सम्पत्ति दायित्व तथा काराेबारकाे मूल्याङ्कन प्रतिवेदन (Due Dilligence Audit DDA) आधारमा निर्धारण गरिएकाे शेयर स्वाप अनुपात १:१ (Share Swap Ratio, 1:1) स्वीकृत गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x