संस्थापक शेयर बिक्री गर्दै गाेर्खाज फाइनान्स



गाेर्खाज फाइनान्स लिमिटेडका संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २८ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो फाइनान्सले जानकारी दिएको छ । फाइनान्सका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले २८ वैशाखबाट फाइनान्सको मुख्य कार्यालय चारखालराेड, डिल्लीबजार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने फाइनान्सले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x