दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


एनएमबि बैङ्क र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि मङ्सिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

यसअनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका शेयर धनीले मात्रै सम्बन्धित कम्पनीको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

एनएमबि बैङ्कको ७ प्रतिशत नगद लाभांश

एनएमबि बैङ्क लिमिटेडले आगामी मङ्सिर २५ गते शुक्रबार आफ्नो ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसै गरी, एनएमबि अविमोच्य अ सञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका अतिरिक्त लेखा परीक्षक नियुक्तिलगायतका प्रस्तावसमेत पारित गरिनेछ।

ग्लोबल आइएमई लघुवित्तको ९.५० प्रतिशत लाभांश

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मङ्सिर २३ गते बुधवार आफ्नो १४औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटी प्रालि, स्ट्रिट नं. ३ मा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

त्यस्तै, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयर धनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। साथै, लेखा परीक्षक नियुक्तिलगायतका प्रस्तावसमेत पारित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x