प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक समूह अन्तर्गतको शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर खरिदका लागि अवसर प्रदान गरिए पनि पर्याप्त आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणलाई समेत सहभागी गराउने निर्णय गरेको हो।

फाइनान्सले जारी गरेको सूचनाअनुसार बिक्रीमा राखिएको संस्थापक शेयर खरिद गर्न बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैङ्कको प्रचलित व्यवस्था अनुसार योग्य व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित फाइनान्सको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x