राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट २०० अर्ब रुपैयाँ खिच्ने

Gyanmandu | Achieving Excellence Together
बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले पुनः ठुलो रकम निक्षेप सङ्कलनमार्फत खिच्ने भएको छ। केन्द्रीय बैङ्कले मङ्सिर १ गते निक्षेप सङ्कलन उपकरण प्रयोग गरी बैङ्क तथा वित्तीय संस्थाबाट एकै पटक २०० अर्ब रुपैयाँ सङ्कलन गर्न लागेको हो।

राष्ट्र बैङ्कका अनुसार निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरसमेत प्रस्ताव गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल आज अपराह्न २ बजेसम्म राष्ट्र बैङ्कको अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ।

निक्षेप राख्न इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।

राष्ट्र बैङ्कले ९२ दिनका लागि जारी गर्न लागेको यस निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज आगामी फागुन ५ गते भुक्तानी गरिने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x