खुद ब्याज आम्दानी बढे पनि महालक्ष्मी विकास बैङ्कको नाफामा ४६.९५ प्रतिशतको गिरावट

महालक्ष्मी विकास बैङ्कको नाफा ४६.९५ प्रतिशतले घटेको  छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ७१ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३७ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४ अर्ब १७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैङ्कले ४९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ३६ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब २२ करोड रुपैयाँ रहेको छ र सञ्चित मुनाफा २ करोड ६७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.२१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २ करोड ६७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

बैङ्कको  प्रतिशेयर आम्दानी १२ रुपैयाँ १२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८१ पैसा र पछिल्लो कारोबार मूल्य रु ३१२ को आधारमा मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.६२ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ३४ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने २३ करोड ९१ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x