ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई मेट्रो मार्टमा क्युआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कका ग्राहकहरूलाई मेट्रो मार्टका काठमाडौँ उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत ग्लोबल आइएमई बैङ्कको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने जनाएको छ । सो योजनामा एक पटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु. ५०० सम्म छुट पाइने बताएको छ ।

सो योजना सीमित अवधिका लागि काठमाडौँ उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरूमा लागू हुनेछ ।

बैङ्कले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x