खुद ब्याज आम्दानी घटेसँगै नेरूडे लघुवित्तको नाफामा ६४.१४ प्रतिशतको गिरावट

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ६४.१४  प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले  १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेरूडे लघुवित्तले १० अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेरूडे लघुवित्तले ५ अर्ब २४ करोड रुपैयाँ सापटी लिएको छ ।

नेरूडे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.४९ प्रतिशतले घटेर १० करोड ९१ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ४६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ८२७ को आधारमा मूल्य आम्दानी अनुपात ७२.७३ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x