एन आई सी एशिया बैङ्कका ग्राहकलाई केड कम्पनीमा २० प्रतिशत छुट

एन आई सी एशिया बैङ्कका ग्राहकहरूले काठमाडौँ, दरबारमार्ग स्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने बारे समझदारी भएको छ । सो सम्बन्धी समझदारी पत्रमा यस बैङ्कका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा.लि. का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गर्नुभयो । उक्त समझदारी अनुसार सो बैङ्कमा खाता खोलेर मोबाइल बैंकिङ्ग (NIC Asia MoBank) एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लेटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले उक्त केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने छन् भने बैङ्कका कर्मचारीहरूले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x