खुद ब्याज आम्दानी घटेसँगै एनएमबि लघुवित्तको नाफामा ९३.०६ प्रतिशतको गिरावट

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ९३.०६ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ५० लाख ३२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६५ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि लघुवित्तले १ अर्ब ८१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ३७ करोड ४७ लाख रुपैयाँ रहेको छ ।


एनएमबि लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले घटेर १६ करोड ९३ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ १४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ७३५ को आधारमा मूल्य आम्दानी अनुपात ४८०.३९ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x