६७.२८ प्रतिशतले नाफा वृद्धि गरेको निफ्राको लाभांश दिन सक्ने क्षमता कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफा ६७.२८ प्रतिशतले बढेकाे छ । आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा बैङ्कले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले ७९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

यता बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब ४४ लाख रुपैयाँ पुगेकाे छ भने खुद फि तथा कमिसन आम्दानी ३५५.०३ प्रतिशतले बढेर १ कराेड ७४ लाख रुपैयाँ पुगेको छ।।त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेकाे छ। उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा निफ्राले आफ्ना शेयरधनिहरूलाई ५.६५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा र पछिल्लो कारोबार मूल्य रु २१८ को आधारमा मूल्य आम्दानी अनुपात ३०.४० गुणा रहेको छ ।

Click here to join our viber community.

Click here to join our viber community.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x