सांग्रिला डेभलपमेन्ट बैङ्कको साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैङ्कको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभाले अनुमोदन गरेको हो।

बोनस शेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ। सोहीअनुसार प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। संशोधनका क्रममा नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

सभाले बैङ्क तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा अन्य संस्थालाई प्राप्ति गर्ने प्रक्रिया आवश्यकताअनुसार अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत पारित गरेको छ।

यसै गरी सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x