माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त हुनुभएको छ ।
सोमबार बसेको बैंकको ४७२औँ सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको अध्यक्षबाट डा. वीरेन्द्र महतोले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ । महतो गैर आवासीय सङ्घका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । 
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            