ग्लोबल आइएमई बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



ग्लोबल आइएमई बैङ्क लिमिटेडले यही मङ्सिर २८ गते १७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा मङ्सिर १२ गते (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेस हुने आर्थिक वर्ष (आ.व) २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व  २०७९/०८० को नाफा-नोक्सान हिसाब तथा वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने छ भने आ.व २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ८ प्रतिशतको दरले हुन आउने रकम बराबरको नगद  लाभांश (कर प्रयोजन सहित) र १ प्रतिशतको दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने स्वीकृतको प्रस्ताव पनि पारित गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x