प्राइम कमर्सियल बैङ्ककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्राइम कमर्सियल बैङ्क लिमिटेडले यही पौष २८ गते बिहीबारको दिन १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभाको प्रयोजनको लागि पौष १४ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

बैङ्कले साधारण सभा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैङ्ककाे चुक्ता पुँजीको ४.९५ प्रतिशतले हुन आउने रकम रु. ९२ करोड ३४ लाख ८७ हजार ९७९ रुपैयाँ बराबरकाे नगद लाभांश र ४ प्रतिशतले हुन आउने रकम रु. ७४ करोड ६२ लाख ५२ हजार ९१२ रुपैयाँ बराबरकाे बोनस शेयर गरी जम्मा ८.९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले अन्य बैङ्क तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा अन्य बैङ्क तथा वित्तीय संस्थाहरुसगँ मर्जर प्रक्रिया अगाडि बढाउनको लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान पनि सोही सभाले गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x