नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ५८ हजार १५६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीका अनुसार संस्थापक शेयरधनी सुवास भट्टराईको ४८ हजार ६५६ कित्ता, माधव प्र. अधिकारीको २ हजार कित्ता र श्याम बहादुर गुरुङको ७ हजार ५०० कित्ता शेयर बिक्रीका लागि खुला गरिएको हो।
प्रचलित व्यवस्था अनुसार पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएको थियो। तर तोकिएको ३५ दिनभित्र शेयर बिक्री हुन नसकेपछि अब सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।
इच्छुक लगानीकर्ताले वैशाख २२ गतेभित्र काभ्रेपलान्चोक बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा पुगेर बैङ्किङ समयभित्र आवेदन दिन सक्नेछन्।
नेशनल लघुवित्तको ५८ हजार १५६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
