२ लाख ४४ हजार ९५४ कित्ता संस्थापक शेयर बिक्री गर्दै कामना सेवा विकास बैङ्क



कामना सेवा विकास बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसअघि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा १० जेठदेखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो बैङ्कले जानकारी दिएको छ ।

सो संस्थापक शेयर खरिदको लागि १० जेठबाट ३५ दिन भित्र बैङ्कको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौँमा आइपुग्ने गरी के कति कित्ता शेयर खरिद गरी लिने हो सोको ब्यहोरा खुलाइ निवेदन पेस गर्न सक्ने सो बैङ्कले जनकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x