मञ्जुश्री फाइनान्सले घोषणा गर्‍यो २० प्रतिशत लाभांश


मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँ ८० पैसाको आधारमा ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x