
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर रजिस्ट्रारका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटलले अब शेयर रजिस्ट्रारको जिम्मेवारी सम्हाल्ने भएको हो।
यससँगै कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण अभिलेख व्यवस्थापन, शेयर अभौतिकीकरण (डिम्याट), नामसारी तथा शेयरधनीसँग सम्बन्धित अन्य सेवाहरू प्रभु क्यापिटलमार्फत प्रदान गरिने कम्पनीले जनाएको छ।
जीवन विकास लघुवित्तको शेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
