
कुमारी बैङ्क लिमिटेडले संस्थापक समूहअन्तर्गतको २ लाख ३० हजार ४१७ कित्ता शेयर बिक्रीका लागि प्रस्ताव गरेको छ। उक्त शेयर हाल बैङ्कका विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको बैङ्कले जनाएको छ।
बैङ्कका अनुसार बिक्रीमा राखिएको शेयर संस्थापक शेयरधनीको नाममा रहेको हो। यस शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।
शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीले बैङ्कको शेयर रजिस्ट्रार कुमारी क्यापिटल, नक्साल–नाग पोखरी, काठमाडौँ वा कुमारी बैङ्कको केन्द्रीय कार्यालय टंगाल, काठमाडौँमा आवेदन बुझाउन सक्नेछन्।
