
माछापुच्छ्रे बैङ्कले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैङ्क सञ्चालक समितिको आज बसेको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीका आधारमा लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत अर्थात् ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशत अर्थात् सोही रकम बराबरको नगद लाभांश (करसहित) रहेको छ।
यसै गरी, बैङ्कले सोही आर्थिक वर्षका लागि अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश रकम ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ (करसहित) रहेको छ।
बैङ्कले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा अनुमोदन गराई शेयरधनीलाई वितरण गर्ने जनाएको छ।
