आज स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फाल्गुन १९ गते २१ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ, तर फागुन ९ गते ल्होसारको सार्वजनिक बिदाका कारण आज (फाल्गुन ०८) सम्म कायम शेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले साधारण सभा लैनचौर ब्यान्क्वेट, काठमाण्डाैँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रकम रु. १६ करोड ८३ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र ६.०५२६ प्रतिशतका दरले हुन आउने रकम रु. ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

सभाले संस्थापक शेयरलाई १० प्रतिशत बिन्दुले सर्वसाधारणमा परिणत गरी हालको शेयर संरचना संस्थागत शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशतलाई क्रमशः संस्थागत शेयर ६० प्रतिशत र ४० प्रतिशत सर्वसाधारण शेयर कायम हुने गरी शेयर संरचना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x