संस्थापक शेयर बिक्री गर्दै जनउत्थान सामुदायिक लघुवित्त



जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले ३६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका चार जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसअघि नै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार उक्त संस्थापक बाहेकका अन्य इच्छुक व्यक्ति वा संस्थाले साउन ०२ गतेदेखि ३५ दिन भित्र सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बुटवल-१०, कालिकानगर, रुपन्देहीमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x