
बैङ्किङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले बुधवार २० अर्ब रुपैयाँ बराबरको रकम सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी बैङ्क तथा वित्तीय संस्थाबाट तरलता तान्न लागेको हो।
राष्ट्र बैङ्कका अनुसार आज दिउँसो ३ बजे अनलाइन प्रणालीमार्फत मात्र बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमभित्र ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी प्रस्ताव पेस गर्न सक्नेछन्।
निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहु ब्याजदरमा समेत बहु बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागिता गर्न अनुमति दिइएको छ।
६३ दिन अवधिको यस निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी चैत ११ गते गरिने राष्ट्र बैङ्कले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट २० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
