"Bizbazar भव्य उत्सव" योजनाका मेगा बम्पर विजेताहरू घोषणा

नेपाली ट्रेडलाई डिजिटाइज गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने दीर्घकालीन लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको नेपाली ई–कमर्स कम्पनी बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै "Bizbazar भव्य उत्सव" नामक योजना चाडबाडको उमङ्ग भव्य OFFERS सँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको थियो। जस अन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूको लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशत सम्म छुटसहित बम्पर उपहारसमेत समावेश गरेको थियो।
 
बिजबजारले सिस्टममा आधारित लक्की ड्र मार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको छ। जस अन्तर्गत पहिलो बम्पर उपहार MI 65 INCH ULTRA 4K TV AND MI SOUND BAR अविशा शर्माले प्राप्त गरेकी छन्, यसै गरी दोस्रो बम्पर उपहार REALME 9 PRO + 5G को विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार SAMSUNG SINGLE DOOR REFRIGERATOR 192 L सबिन श्रेष्ठले हात पारेका छन्।
 
कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको कार्तिक  महिनाको Campaign को तयारी पनि पुरा हुन लागेको जनाएको छ।
 
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x