नयाँ वर्षको सु–अवसरमा बिग मार्ट मा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट

विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्ट सँग सहकार्य गरी नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ । 

सो छुट अफर अन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म छुट प्राप्त गर्न सक्ने सो कम्पनीले बताएको छ ।  

स्मार्ट क्युआर मा आबद्ध विभिन्न बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्ट को सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने सोही कम्पनीले बताएको छ ।  

सो अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैङ्क, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैङ्क, हिमालयन बैङ्क, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने सो कम्पनीले बताएको छ ।  

साथै हरेक बुधवार र शनिवार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुट साथै अफर पनि  कायम नै रहेको सो कम्पनीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x