नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७९



नेपाल टेलिकमले आज (२०७९ पुस २८ गते) देखि लागु हुने गरी विन्टर अफर २०७९ (Winter Offer 2079) उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) लाई ग्राहकहरूको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गरेको हो ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु. १९९ देखि रु. ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरू उपलब्ध छन् । यस अफर अन्तर्गत जम्मा रु. ६९९ मा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सय वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसै गरी रु. ४९९ मा २८ दिनका लागि कुल १९,६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जम्मा रु. ३४९ मा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जम्मा रु. १९९ मा २८ दिनका लागि कुल ४२०० एमबी डाटा ((दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको छ । यस अफर अन्तर्गतका रु. १९९ देखि रु. ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सक्ने प्याकहरू सबै नेटवर्कका लागि उपलब्ध छन् ।

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याएको छ । जम्मा रु. १३० मा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्ने गरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरेको कम्पनीले बताएको छ । रु. १०० र रु. २०० का स्टे कनेक्टेड अफरहरू निरन्तर प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसै गरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयाँमा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराएका यसअघिका अरू सबै प्याकलाई निरन्तरता दिएको छ ।


पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको जम्मा रु. ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र रु. ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरेको छ ।

सजिलो अन लिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु. ५९९, ७९९, ९९९ र १४९९ का असीमित सुविधाहरू प्रयोग गर्न सकिने प्याकहरू निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको रु. ५९९को प्याक उपलब्ध छ । साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सक्ने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सक्ने कम्पनीले बताएको छ । रु. ९९९ र रु. १४९९ का ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असीमित कुराकानी (अल नेट अन लिमिटेड) गर्न सक्नुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सो बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसै गरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

कम्पनीले ग्राहकको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास लिएको कम्पनीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x