नेपाल टेलिकमको ICT Day Offer

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (National ICT Day 2023) को अवसरमा ग्राहकहरूका लागि ICT Day Offer अफर ल्याएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको सो कम्पनीले जानकारी दिएको छ । सो अफर आज (२०८० वैशाख १७) देखि प्रारम्भ भएको छ र आगामी २०८० वैशाख १९ सम्म लागु हुने सो कम्पनीले बताएको छ ।

सो अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सक्ने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको सो कम्पनीले जानकारी दिएको छ ।

यसै गरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सक्ने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सक्ने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सक्ने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको सोही कम्पनीले जानकारी दिएको छ ।
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी वैशाख १९ गते मनाउने सो कम्पनीले जानकारी दिएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x