नेपाल टेलिकमको 2G र 4G मोबाइल सेवा गोरखा जिल्लाको उत्तरी भेगमा विस्तार

नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी कम्पनीले Voice तथा Data सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको हो ।

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, त्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूईला नाकाको अन्तिम गाउँ साम्दो सम्म कम्पनीले 2G सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको 4G सेवा समेत सञ्चालन गरेको छ ।

ल्हो, सामागाउँ, तथा गमला डाँडामा रहेका साइटहरूमा VSAT प्रविधि लाई Microwave Transmission Link ले प्रतिस्थापन गरी 2G सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा 4G सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी 2G  तथा 4G मोबाइल सेवा सञ्चालन गरिएको छ ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरूमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरूसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्धार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको रहेको छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x