आज विश्व दूरसञ्चार दिवस: विविध कार्यक्रम गरी मनाइँदै 

आज(बुधवार) सरकारले विविध कार्यक्रम गरी विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाउँदै छ। विशेष गरी नेपाल दूरसञ्चार प्राधिकरणले दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसको अवसरमा दूरसञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धी विविध कार्यक्रम आयोजना भइरहेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘आज विश्व दूरसञ्चार र सूचना दिवस हो । सरकारले दूरसञ्चारसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरेको छ । यही सन्दर्भमा होटेल र्‍याडिसनमा सूचना प्रविधि तथा दूरसञ्चारसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको छ ।’

मन्त्रालयका अनुसार प्राधिकरणले होटेल र्‍याडिसनमा बुधवार कार्यक्रम आयोजना गर्दै छ । सन् १९६९ देखि प्रत्येक वर्षको १७ मेका दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । प्राधिकरणले पनि सोही दिन दिवस मनाउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x