आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि.गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रूपमा प्रवीण रेग्मीलाई नियुक्त गरेका छन् । आज बसेको सञ्चालक समितिको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको हो ।
यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात् आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रही रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो । फिनटेक, बैङ्किङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उहाँले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुराउँदै आउनुभएको छ । बढ्दै गएको डिजिटल कारोबार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर बिदा हुनुभएको छ ।
रेग्मीले PSP सङ्घ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबिचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । रेग्मीको अनुभव, दूर दृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उहाँको खुबीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हासिल गर्ने अपेक्षा समेत गरेको जनाएकाे छ ।
आइएमई खल्ती लिमिटेडको सिइओमा प्रवीण रेग्मी नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
