इसेवाले सौराहामा ‘इसेवा ह्‍याकाथन २०२६’ आयोजना गर्ने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्‌याकाथन २०२६” आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्‌याकाथन आयोजना गर्न लागेको हो।

विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरण लगायतका क्षेत्रमा काम गर्दै आएको इसेवाले आफ्नो नियमित सेवा सञ्चालनका अतिरिक्त नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ । यसैअन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ह्‌याकाथन आयोजना गर्न लागिएको इसेवाले जनाएको छ । ह्‌याकाथनमा देशै भरिबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्ने छन् ।

ह्‌याकाथनबारे जानकारी दिँदै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्‌काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधानहरू निर्माण गर्न र दिगो विकासमा योगदान दिन ह्‌याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गरे । “इसेवा ह्‌याकाथनले “डिजिटल प्रणालीको विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधानहरू निर्माण गर्न डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउने छ ।” खड्‌काले भन्नुभयो, “यस प्रकारका प्रयासहरूले युवाहरूमा नव प्रवर्तनात्मक सोच तथा सृजनशीलता बढाउनका साथै सुरक्षित फिनटेक इकोसिस्टम र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ ।”

ह्‌याकाथनका प्रतिस्पर्धीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन र समाधानका प्रोटोटाइपहरू प्रस्तुत गर्ने छन् । जसले वातावरणीय र सामाजिक प्रभावमा योगदान दिने डिजिटल प्रणाली निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।  ह्‌याकाथन अवधिभर सहभागी टोलीहरूलाई उत्कृष्ट समाधान निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यले फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका लिडरहरूद्वारा प्रत्यक्ष मेन्टरसिप तथा विधागत मार्गदर्शन प्रदान गरिने छ । मेन्टरहरूको सहयोगमा सहभागीहरूले आफ्ना आइडियाहरूलाई थप परिष्कृत बनाउने अवसर पाउने छन् ।

तीन दिनसम्म चल्ने आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान र प्रोटोटाइप प्रस्तुत गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. तीन लाख, द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रु. दुई लाख र तृतीय स्थान हासिल गर्ने टोलीले नगद रु। एक लाख पुरस्कार प्राप्त गर्ने  इसेवाले जनाएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x