शिक्षण सिकाइलाई प्रविधिमैत्री, प्रभावकारी र समय अनुकूल बनाउने उद्देश्यले शिक्षकहरूका लागि *‘AI for Teachers’ निःशुल्क वेबिनार* आयोजना हुने भएको छ।
OTTISH को आयोजनामा हुन लागेको उक्त वेबिनारमा शिक्षण क्षेत्रमा *Artificial Intelligence (AI)* को व्यावहारिक प्रयोगबारे जानकारी तथा सीप प्रदान गरिने आयोजकले जनाएको छ। पछिल्लो समय AI को प्रयोग विभिन्न क्षेत्रमा तीव्र रूपमा बढिरहेको अवस्थामा शिक्षण क्षेत्रमा पनि यसको प्रभावकारी उपयोगमार्फत शिक्षकहरूको समय बचत गर्नुका साथै शिक्षणलाई अझ स्मार्ट र प्रभावकारी बनाउन सकिने आयोजकको भनाइ छ।
वेबिनारमा शिक्षकहरूले *Lesson Planning मा AI को प्रयोग, विभिन्न प्रकारका **Teaching Materials तथा Classroom Activities तयार गर्ने तरिका, दैनिक **Administrative कामलाई Smart बनाउने उपाय* तथा विद्यार्थीलाई आधुनिक र प्रभावकारी ढङ्गबाट सिकाउन AI को प्रयोग गर्ने तरिकाबारे सिक्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार वेबिनारको मुख्य उद्देश्य AI लाई शिक्षकका लागि चुनौतीका रूपमा नभई *Teaching को Powerful Tool* का रूपमा प्रयोग गर्न प्रेरित गर्नु हो। AI को सही प्रयोगले शिक्षकहरूको दोहोरिने तथा समय धेरै लाग्ने कामलाई सरल बनाउँदै उनीहरूलाई विद्यार्थीको सिकाइ र सिर्जनात्मक शिक्षणमा थप समय दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
*‘Teach Smarter. Save Time. Empower Students.’* भन्ने अवधारणासहित सञ्चालन हुने वेबिनारमा देशभरका शिक्षकहरू सहभागी हुन सक्नेछन्। वेबिनार *साउन ३० गते बेलुका ७ बजे* सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षकहरूले *निःशुल्क रूपमा अनलाइन दर्ता* गर्न सक्नेछन्। दर्ताका लागि **https://t.ly/8S7GA** मा जान सकिने आयोजकले जनाएको छ।
शिक्षण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा आयोजना हुन लागेको यस कार्यक्रमले शिक्षकहरूलाई AI को व्यावहारिक प्रयोगबारे आधारभूत तथा उपयोगी जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।
शिक्षकका लागि ‘AI for Teachers’ निःशुल्क वेबिनार आयोजना हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
