आइएमई मार्फत सामाजिक सुरक्षा कोष (SFF) को रकम जम्मा गर्ने सेवा सुरु

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहनुभएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोष  (SFF) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशमा रहनुभएका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै सो सुविधा लिन सक्नेछन्। सो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोष (SFF) लाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो  रेमिटेन्स कम्पनी बनेको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले सो सुविधा मार्फत विदेशमा रहनुभएका  नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताउनु भएको छ । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नुभएको छ ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम रु दुई हजार दुई मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x