
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर २११९ दशमलव ६९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ८४ अङ्कले बढेर ३७४ दशमलव ७० को विन्दुमा पुगेको छ ।
आज कूल ३१३ कम्पनीहरूका २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर रु. ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य वित्त उपसमूह १५ दशमलव ४७ अङ्कले र उत्पादन उपसमूह ९.७५ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ५ दशमलव ५३ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १४५ दशमलव ७० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ९३.७२ अङ्कले, जलविद्युत उपसमूह ५.७८ अङ्कले, लगानी उपसमूह १.४६ अङ्कले, जीवन बिमा उपसमूह १९७.६३ अङ्कले, लघुवित्त उपसमूह ९.५७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले, निर्जीवन बिमा ६२.२० अङ्कले, अन्य उपसमूह २.४१ अङ्कले र ट्रेडिङ उपसमूह १५.१३ अङ्कले बढेको छ ।
 
धितोपत्र बजारमा १५.४६ अङ्कको वृद्धि, नेप्से २११९.६९ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            