धितोपत्र बजारमा १०.३७ अङ्कको वृद्धि , नेप्से २१८३.६२ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ३७ अंकले बढेर २१८३ दशमलव ६२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३० अंकले घटेर ४१४ दशमलव २४ को विन्दुमा पुगेको छ ।

 



आज कूल २६१ कम्पनीहरूका ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर रु. ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ मा खरिद बिक्री भए ।
 


कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह ७ दशमलव ४६ अङ्कले, वित्त उपसमूह शून्य दशमलव २५ अङ्कले र अन्य उपसमूह २३.९५ अङ्कले घटेका छन् । यता, विकास बैंक उपसमूह २८ दशमलव २४ अङ्कले बढ्दा होटेल तथा पर्यटन उपसमूह ११८.०२ अङ्कले, जलविद्युत उपसमूह ३६.५६ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १६ अङ्कले, जीवन बिमा उपसमूह २६६.१६ अङ्कले, उत्पादन उपसमूह ४०.९५ अङ्कले, लघुवित्त उपसमूह ४७.९३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १८ अङ्कले, निर्जीवन बिमा ११८.२९ अङ्कले र ट्रेडिङ उपसमूह १९.१३ अङ्कले बढेकाे छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x