यूनिभर्सल पावर कम्पनी लिमिटेड लिमिटेडले शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको मिति २०८२ साल भदाै २९ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ.व २०७९/०८०, आ.व २०८०/०८१ र आ.व २०८१/०८२ सम्म कायम रहेको चुक्ता पुँजीको ९.४७३७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०७९/०८०, आ.व २०८०/०८१ र आ.व २०८१/०८२ सम्म कायम रहेको चुक्ता पुँजी २ अर्ब २७ करोड ९९ लाख २९ हजार ९२५ रुपैयाँको ०.४७३७ प्रतिशतले हुन आउने रकम रु. १ करोड ७ लाख ९९ हजार ६६८ रुपैयाँ बराबरको नगद लाभांश र ९ प्रतिशतले हुन आउने रकम रु. २० करोड ५१ लाख ९३ हजार ६९३ रुपैयाँ बराबरको बोनस शेयर गरी जम्मा ९.४७३७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने कम्पनीले जनाएको छ।
Click here to view the notice.
यूनिभर्सल पावर कम्पनीको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
