धितोपत्र बजारमा ५.२० अङ्कको गिरावट, नेप्से १८६६.६८ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव २० अङ्कले घटेर १८६६ दशमलव ६८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ७३ अङ्कले घटेर ३५१ दशमलव ९७ को विन्दुमा पुगेको छ ।

आज कूल २६४ कम्पनीहरूका २९ लाख ७१ हजार ९४७ कित्ता शेयर रु. ९१ करोड ७६ लाख १० हजार २९६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष अघिल्लो दिन कै अङ्कमा यथावत् रहेको छ भने विकास बैङ्क उपसमूह १० दशमलव ७८ अङ्कले, वित्त उपसमूह २ दशमलव ७० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३.१८ अङ्कले, जलविद्युत उपसमूह ४.४० अङ्कले, लघुवित्त उपसमूह ७.६४ अङ्कले र ट्रेडिङ उपसमूह ३.०२ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह ५ दशमलव ८१ अङ्कले घट्दा लगानी उपसमूह शून्य दशमलव ०२ अङ्कले, जीवन बिमा उपसमूह ८०.७० अङ्कले, उत्पादन उपसमूह शून्य दशमलव ७२ अङ्कले, निर्जीवन बिमा ११९.६३ अङ्कले र अन्य उपसमूह ४.३६ अङ्कले घटेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x