सानिमा मिडिल तमोर हाइड्रोपावरले आज ७ औँ वार्षिक साधारण सभा गर्दै

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले यही पौष १४ गते बिहीबार (आज) ७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभा अकामा हाेटेल का.म.न.पा.-४, धुम्बाराही, काठमाडौँमा र विद्युतीय माध्यम ZOOM APP मार्फत बिहान ११:०० बजे देखि एकसाथ आरम्भ हुने जानकारी दिएको छ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

सभाले कम्पनीको उद्देश्य परिमार्जन, पुँजीगत संरचना र सञ्चालक समितिको संरचनामा परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्धपत्रकाे दफा तथा नियमावलीको नियम संशोधन तथा सम्बन्धित निकायको निर्देशन बमोजिम फेरबदल वा अन्य आवश्यक कार्यहरू गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x