माउन्ट एभरेष्ट पावरको स्थानीयतर्फको आइपिओ बाँडफाँड सम्पन्न


माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको आइपिओको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म बिक्री खुला गरेको शेयर आज जेठ २० गते बाँडफाँड गरेको हो।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्रअन्तर्गत सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाका लागि ३ लाख ४४ हजार कित्ता शेयर छुट्टाएको थियो। यस्तै, सोही नगरपालिकाका वडा नं. १ र २ बाहेक अन्य वडाका स्थायी बासिन्दाका लागि ५ लाख १६ हजार कित्ता शेयर निष्कासन गरिएको थियो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुल २५ लाख ८० हजार कित्ता आइपिओ मध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता शेयर बिक्री खुला गरेको थियो।

उक्त आइपिओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जेठ २० गते बिहान ९ बजे सम्पन्न गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x