
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले बढेर २८२४ दशमलव ९० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ४१ अङ्कले बढेर ४८६ दशमलव ८० को विन्दुमा पुगेको छ ।
आज कूल ३५० कम्पनीहरूका ३ करोड ९५ लाख ४९ हजार ०३३ कित्ता शेयर रु. १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ३ दशमलव १६ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ४५ दशमलव २९ अङ्कले, वित्त उपसमूह ६ दशमलव ०२ अङ्कले, जलविद्युत उपसमूह २.२८ अङ्कले, उत्पादन उपसमूह १२.३५ अङ्कले, लघुवित्त उपसमूह ७.८३ अङ्कले, निर्जीवन बिमा १९.४९ अङ्कले, अन्य उपसमूह ०.७६ अङ्कले र ट्रेडिङ उपसमूह १०५.४६ अङ्कले बढेका छन् । यता, होटेल तथा पर्यटन उपसमूह ४६ दशमलव ६१ अङ्कले घट्दा लगानी उपसमूह शून्य दशमलव ६० अङ्कले, जीवन बिमा उपसमूह ६२.३२ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०५ अङ्कले घटेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ४.४५ अङ्कको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
